३ आश्विन २०८१, बिहिबार

प्रदेश ५ को नाम लुम्बिनी सिफारिस, राजधानीका लागि ६ ठाउँ प्रस्ताव

प्रकाशित मिति :  15 December, 2019 9:35 pm


बुटवल, २९ मङ्सिर । प्रदेश ५ काे राजधानी  र नाम सिफारिस गर्न गठित समितिले प्रदेशको नाम लुम्बिनी राख्न सिफारिस गरेको छ ।  राजधानी भने रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुकाे बाणगंगा र बुद्धभूमी तथा दाङकाे भालुवाङ  वा लमहीलाई प्रस्ताव गरेको छ ।

संसदीय विशेष समितिका एक सदस्यका अनुसार प्रदेशको राजधानीका लागि मध्यमार्गी बाटाे अपनाउदै ठाउँ सिफारिस गरिएको  छ ।

प्रदेश ५ काे नाम र राजधानी ताेक्ने बिषयमा सहमति हुने अवस्था नदेखिएपछि प्रदेश सभाकाे बैठकले २०७५ साउनमा संसदिय बिशेष समिति गठन गरेकाे थियाे ।
पहिलो पटक ३ महिना कार्यादेश दिईएकाे  समितिले पहिलो ३ महिना बैठक नै बस्न नसकि म्याद गुजारेकाे थियाे । समितिले पहिलाे कार्यादेश भित्र जिम्मेवारी पूरा गर्न नसकेपछि पुनः म्याद थप गरि जिम्मेवारी दिईएकाे थियाे ।

पटकपटक बिवाद र आलोचना सहदै आएको  समितिले अन्ततः प्रदेशकाे नाम “लुम्बिनी” राख्न प्रदेश सभालाई सिफारिस गरेकाे हो ।
ताेकिएकाे जिम्मेवारी छाेडेर भारतकाे हरियाणा र  पन्जावकाे राजधानी भ्रमणमा गएकाे भन्दैै चाैैैैतर्फि आलोचना भएका बेला समितिले नाम र राजधानी टुंगो लगाएकाे छ ।

समितिले गरेकाे सिफारिसलाई प्रदेश सभाकाे बैठककाे दुई तिहाईले पारित गर्नुपर्ने प्रावधान छ ।



प्रतिक्रिया दिनुहोस !