४ आश्विन २०८१, शुक्रबार

२९ प्रतिशतले बढ्यो सामसुङको नाफा

प्रकाशित मिति :  28 January, 2021 12:48 pm


ऐजेन्सी ।
दक्षिण कोरियाली प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको सञ्चालन नाफ गत वर्षको तुलनामा २९ दशमलव ६ प्रतिशतले बढेको हो ।

सन् २०२० मा सामसुङको सञ्चालन नाफा दुई अंकले वृद्धि भई ३२ अर्ब ३० करोड डलर भएको सामसुङले कम्पनीले उल्लेख गरेका छ ।

सामसुङले नियामक निकायमा प्रस्तुत गरेको विवरणमा कोभिड–१९ को महामारीमा पनि कम्पनीले कारोबारमा व्यापक सुधार गरेको उल्लेख गरेका छ।

कम्पनीको सञ्चालन नाफा ३२ अर्ब ३० करोड डलर भएको कम्पनीको इतिहासमै यो चौथो सर्वाधिक बढी नाफा हो । यस्तै, सन् २०२० मा कम्पनीको कूल राजश्वमा २.८ ले वृद्धि भई २ खर्ब १२ अर्ब डलर पुगेको छ ।

कोभिड–१९ का कारण अनलाइन कक्षाहरु र घरबाटै काम गर्नुपर्ने नियमका कारण पनि विद्युतीय सामानको खरिद व्यापक रुपमा बढेपछि नाफा पनि बढेको कम्पनीले जनाएको छ । यस्तो खरिद खासगरी सन् २०२० को पछिल्ला छ महिनामा व्यापक रुपमा वृद्धि भएको थियो ।



प्रतिक्रिया दिनुहोस !