४ आश्विन २०८१, शुक्रबार

अमेरिकी अर्थतन्त्र ७४ वर्ष यताकै सर्वाधिक कमजोर अवस्थामा

प्रकाशित मिति :  28 January, 2021 1:22 pm


(FILES) In this file photo the fearless girl statue and the New York Stock Exchange (NYSE) are pictured on April 20, 2020 at Wall Street in New York City. – After two down sessions, Wall Street stocks opened higher April 22, 2020 following strong earnings from Netflix and some other companies, while oil prices continued to gyrate. About five minutes into trading, the Dow Jones Industrial Average stood at 23,478.69, up 2.0 percent.The broad-based S&P 500 also gained 2.0 percent to 2,790.25, while the tech-rich Nasdaq Composite index advanced 2.1 percent to 8,434.04. (Photo by Johannes EISELE / AFP)

काठमाडौ । अमेरिकी अर्थतन्त्र सन् २०२०मा विश्वयुद्ध दोस्रो यता सर्वाधिक खुम्चिएको अवस्थामा पुग्ने देखिएको छ ।

कोरोनाभाइरसले अमेरिकाको रेस्टरन्ट, वायुसेवा जस्ता सेवा क्षेत्रलाई ध्वस्त पारेकाले करोडौ अमेरिकी कामदारले रोजगार गुमाएका छन भने करोडौंलाई गरिब बनाएको छ ।

सरकारले ३० खर्ब अमेरिकी डलर जति उद्धार रकम कोरोनाभाइरस संक्रमणले कमजोर बन्न पुगेको अर्थतन्त्रलाई जोगाउन राहत प्याकेज ल्याइसकेको छ ।

तर पनि अमेरिकाको वाणिज्य विभागले वैश्विक महामारीले अर्थतन्त्रको घाटा प्रवृतिमा सुधार सुस्त देखिएको जनाएको छ । बुधबार अमेरिकी केन्द्रीय बैैक फेडरल रिजर्भले ब्याज बेन्चमार्क शुन्य नजिक नै राख्यो र अर्थतन्त्रमा धन खन्याउने कामको निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्यो ।

बैंकले ऋणपत्र खरिदको बाटो अपनाएर बैंकले बजारमा रकम प्रवाहित गराई अर्थतन्त्रका गतिविधिमा सुधार ल्याउने प्रयास गर्ने जनायो ।
अमेरिकी राष्टपति जो बाइडनले १९ खर्ब अमेरिकी डलर बराबरको सुधार योजना सार्वजनिक गरेका छन ।

अर्थशास्त्रीहरुले सन् २०२०मा अर्थतन्त्र ३.६ प्रतिशतले खुम्चिएर जाने अनुमान गरेका छन । यो सन् १९४६ यताकै सबै भन्दा खराब अवस्था भएको रोयटर्सको समाचारमा जनाइएको छ ।

कोरोनाभाइरसले खरानी भएको सेवा क्षेत्रमा सुधार अंग्रेजी वर्णमाला के आकारमा हुने देखिएको छ । यसमा कम भुक्तानी पाउने कामदारहरु रोजगार गुमाउनेमा पर्छन भने धेरै भुक्तानी पाउनेहरुमा राम्रो काम गर्छन भन्ने खालको सुधार हो ।



प्रतिक्रिया दिनुहोस !