४ आश्विन २०८१, शुक्रबार
नेकपा विभाजन

काठमाडौंको जनप्रर्दशनलाई अहिलेसम्मकै ठूलो बनाउने प्रचण्ड-नेपाल समूहको निर्णय

प्रकाशित मिति :  28 January, 2021 1:33 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुबै समूहले जनप्रर्दशनलाई प्रतिष्प्रधाको रुपमा अगाडी बढाउन सुरु गरेका छन् ।

दुबै पक्षले देशभर आफ्नो पक्षमा जनप्रर्दशन गरिरहेका नेकपाको ओली समूहर र प्रचण्ड-नेपाल समूहले काठमाडौंको प्रर्दशनलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

प्रचण्ड-नेपाल समूहले काठमाडौंमा माघ ९ गते एक पटक प्रर्दशन गरिसकेको छ । तर प्रर्दशनकै दिन ओलीले ‘जनसभा र जनपरिचालन कस्तो हुन्छ, माघ २३ गते हेर्नू’ भनेका थिए ।


         >प्रचण्ड-नेपाल समूहलाई ओलीको जवाफ, ‘जनसभा र जनपरिचालन कस्तो हुन्छ, माघ २३ गते हेर्नू’

        >प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपाल समूहलाई ‘माघ २३ मा हेर्न’ भनेको सभाको यसरी हुँदैछ तयारी


लगत्तै ओली समूहले काठमाडौंमा २ लाख मानिस काठमाडौंमा उतार्ने भन्दै तयारी सुरु गरिसकेको छ । बागमती प्रदेश कमिटीको संयोजकत्वमा हुने कार्यक्रमका लागि १,१११ जना सदस्यीय कमिटी गठन गरेको छ ।

लगत्तै प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्दै माघ २८ गते जनप्रर्दशन गर्ने निर्णय गरेको छ । जनप्रर्दशनलाई अहिलेसम्मकै ठूलो बनाउने उक्त समूहको दाबी छ ।


       >प्रचण्ड-नेपाल समूहद्धारा तेस्रो चरणको आन्दोलन घोषणा


आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले माघ २८ गतेको विरोध प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने निर्णय गरेको नेता विष्णु रिजालले जानकारी दिए।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समेत सहभागी रहेको बैठकले २८ गतेको प्रदर्शनलाई यसअघि भएका प्रदर्शनभन्दा बृहत बनाउने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले सडक संघर्ष गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !