४ आश्विन २०८१, शुक्रबार

नेकपाका दुबै पक्षलाई निर्वाचन आयोगले बोलायो

प्रकाशित मिति :  28 January, 2021 2:52 pm


काठमाडौ १५ माघ । नेपाल कम्युनिस्ट पार्टीका दुबै पक्षलाई छलफलका लागि निर्वाचन आयोगले बोलाएको छ ।

निर्वाचन आयोगले केपी शर्मा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाएको हो ।

दुबै पक्षलाई छलफलका लागि शुक्रबार विहान साढे ११ बजे बोलाइएको निर्वाचन आयोगले जानकारी दिएको छ । अहिले नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुने आयोगको भनाइ छ ।

आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न लागेको जनाइएको छ।

यसअघि नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदनमा निर्णय गर्दै आयोगले दुबै पक्षको दावी नपुग्ने बताएको थियो ।



प्रतिक्रिया दिनुहोस !