४ आश्विन २०८१, शुक्रबार

निफ्राको आईपीओ बाँडफाँड भोली बिहान १० बजे, सबैलाई न्यूनतम ५० कित्ता पक्का

प्रकाशित मिति :  28 January, 2021 4:02 pm


काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकको हालसम्मकै ठूलो आईपीओे भोली (शुक्रबार) बिहान बाँडफाँड हुने भएको छ । उक्त आईपीओ बाँडफाँड कार्यक्रम बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको केन्द्रिय कार्यालय लाजिम्पाटमा हुने र क्यापिटलको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण हुने क्यापिटलले जनाएको छ ।

बैंकको आईपीओमा कुल आवेदन मध्य १४ लाख ७५ हजार ८ वटा आवेदन सदर भएका छन् भने ६ हजार २७६ आवेदन बदर भएका छन ।
कुल सदर आवेदकहरु मध्ये ११ लाख ९४ हजार ४ आवेदकले ५० कित्ताभन्दा माथि आवेदन दिएका छन्। बाँकी २ लाख ८१ हजार ४ आवेदकले १० देखि ५० कित्तासम्म आईपीओ भरेको क्यापिटलले जनाएको छ ।

५० कित्ताभन्दा बढी आवेदन दिने सबै आवेदकले ५० कित्ता सेयर पाउनेछन् भने बाँकि सेयर तिनै ११ लाख ९४ हजार ४ जना आवेदक मध्यबाट भाग्यमानी ४ लाख ९२ हजार ७२ जनाले लक्की ड्रमार्फत थप १० कित्ता सेयर प्राप्त गर्ने छन् ।

बैंकले यही माघ २ गते, शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।



प्रतिक्रिया दिनुहोस !