४ आश्विन २०८१, शुक्रबार

विचारको संघर्षमा आउन प्रधानमन्त्री ओलीलाई नेता पुनको चुनौती

प्रकाशित मिति :  28 January, 2021 4:42 pm


फाइल फोटो

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका स्थायी कमिटी सदस्य वर्षमान पुनले विचारको संघर्षमा आउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

बुटवलमा भएको जनसभालाई सम्बोधन गर्दै नेता पुनले ओलीले आफ्ना अग्रज नेता तथा सहकर्मीहरुमाथी अपशब्द र गालिगलौजमा उत्रिएको भन्दै नेता पुनले बैचारिक संघर्षमा आउन चुनौति लिएका हुन ।

उनले भने,”हामी विचारको संघर्ष,राजनीतिको संघर्ष गर्न चाहन्छौं,विधिको संघर्ष जनताको सेवाका लागि प्रतिस्प्रधा गर्न चाहन्छौं । ओली जी कसैलाई अपहेलना अपशब्द प्रयोग गर्न छोडेर विचारको संघर्षमा आउन म अपिल गर्छु , म अनुरोध गर्छु र म चुनौति पनि दिन चाहन्छु ।”

जनयुद्धलाई कुहिएको फर्सी र पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले नटबोल्ट भनेको प्रति नेता पुनको आपत्ति थियो ।

उनले अहिले पूर्वजनमुक्ति सेनालाई लोभ देखाएको भन्दै विगतमा आफू अर्थमन्त्री हुँदा दिने भनिएको २ लाख सर्वोच्च अदालतमा गएर ओली पक्षले रोकेको स्मरण गराए । ओलीको कदम नसच्चिएसम्म,संसद पुर्नस्थापना नभएसम्म र संविधान सुरक्षित नभएसम्म आन्दोलन जारी रहने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !