४ आश्विन २०८१, शुक्रबार

ओलीले अहिलेसम्म कुनै आन्दोलनको नेतृत्व गरेका छैनन्, पछाडि बसेर कुरामात्रै काट्छन्:नेपाल

प्रकाशित मिति :  28 January, 2021 5:43 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री ओलीको काम पछाडी बसेर कुरा काट्ने र बधख्वाई गर्ने मात्रै भएको टिप्पणी गरेका छन् ।

बुटवलमा भएको जनसभालाई सम्बोधन गर्दै नेता नेपालले ओलीले अहिलेसम्म कुनै आन्दोलनको नेतृत्व नगरेको टिप्पणी गर्दै पछाडि बसेर कुरा काट्ने मात्रै गरेको आरोप लगाएका छन् । ओली थोरै काम गर्ने र खाली बकबक मात्रै गर्ने गरेको नेपालको आरोप थियो ।

ओलीले जसलाई रिस उठ्यो उसैलाई गलि गरेको भन्दै नेता नेपालले भने, रिस उठ्यो पत्रकारलाई गाली गरेको छ । वरिष्ठ वकिलको अपमान गरेको छ, “नागरिक अभियन्ताहरुलाई अपमान गरेको छ । आफ्नै मन्त्रीलाई पनि गाली गरेको छ । उहाँले कहाँ के गर्नुभएको छ मसँग सबै फेहरिस्त छ ।”

ओलीलाई सबै अगतिला कुरा मात्रै बोल्न आउने भन्दै नेपालले भने,”राम्रो कुरा कहिल्ययै होइन जहिलेपनि अगतिला कुरा मात्रै बोल्न जान्या छ केपी ओली । उहाँलाई कुनै राम्रो कुरा बोल्दैन आउँदैन ।”

ओलील जहिलेपनि अगाडी बढ्ने कुराको विरोध गर्ने गरेको दाबी गरे । उनले भने हुन त ओलीलाई के तपाईं भन्ने जास्तो लाग्छ तर म अपमान गर्न चाहँदैन ।



प्रतिक्रिया दिनुहोस !