४ आश्विन २०८१, शुक्रबार

नेप्से १६ अंकले घट्यो, कारोबार भने साढे ९ अर्ब रुपैयाँ भन्दा बढी

प्रकाशित मिति :  28 January, 2021 6:08 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० साताको कारोबारको अन्तिम दिन दोहोरो अंकले घटेको छ ।

बिहीबार नेप्से १६.५५ अंकले घटेर २४२५.२९ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ४.३२ अंकले घटेर ४४२.०६ अंकमा पुगेको छ ।
नेप्सेमा आज कूल १२ उपसमूहमध्ये ३ वटा मात्र उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी ९ वटा उपसमुहको सेयर घटेको छ ।

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ४१०.३९ अंकले बढेको छ । उत्पादन तथा प्रशोधन समूह १६७ अंकले बढेको छ भने लघुवित्त समूहमा ८७.२४ अंकले बढेको छ।

आज विकास बैंक समूह सर्वाधिक ४३.२५ अंकले घटेको छ । जीवन बीमा समूह ४२.४७ अंकले घटेको आज बैंकिङ समूहमा ४१.०८ अंक, व्यापार समूहमा ४.९८ अंक, होटेल्स् समूहमा २५.९६ अंक, जलविद्युत् समूहमा २२.९१ अंक, वित्त समूहमा १८.२ अंक, अन्य समूहमा ११.०३ अंक र म्युचुअल फन्ड समूहमा ०.२२ अंकले घटेको छ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५६ करोड २९ लाख १० हजार रुपैयाँ बराबरको कारोबार गरेको छ



प्रतिक्रिया दिनुहोस !