२२ आश्विन २०८१, मंगलबार
अपहेलना मुद्दा

लिखित जवाफ पेश गर्न प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतको आदेश

प्रकाशित मिति :  28 January, 2021 6:33 pm


काठमाडौं । सर्वोच्च अदालतले मानहानी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले दर्ता गरेको अदालतको अवहेलना मुद्दामा डा. मनोजकुमार शर्माको इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र बेहोरा खुलाई आफै लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

२०७७ माघ ९ गते प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र सर्वोच्च अदालतमा संसद पुर्नस्थापनाको बहस गरिरहेका वकिलप्रति टिप्पणी गर्दै “एकजना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्न, के तमासा गरेको हो यो ?” भनेका थिए भने “वकिलले कुरा फिट्या फिट्यै छन् तर ढुक्क हुनुहोस् प्रतिनिधिसभा पुर्नस्थापना हुँदैन”भन्दै टिप्पणी गरेका थिए ।

सोही विषयलाई लिएर प्रधानमन्त्री विरुद्ध अवहेलनाको मुद्दा दायर भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !