४ आश्विन २०८१, शुक्रबार

प्रचण्ड-नेपाल समूहको काठमाडौंमा धर्ना [फोटो फिचर]

प्रकाशित मिति :  29 January, 2021 12:56 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहले काठमाडौंमा धर्नालाई निरन्तरता दिएको छ ।

तेस्रो चरणको आन्दोलन अन्तर्गत प्रचण्ड-नेपाल समूहका राष्ट्रिय सभाका सदस्य, विघटित प्रतिनिधि सभा सदस्य, तत्कालिन संविधान सभा सदस्य, प्रदेश सभा सदस्यले धर्ना लिएका हुन् । प्रचण्ड-नपाल समूहले माघ १२ गते तेस्रो चरणको आन्दोलन घोषणा गरेको थियो ।

पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपा विभाजित भएको छ । एउटा समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरिरहेका छन् र सडक संघर्ष जारी राखेको छन् ।

देशका विभिन्न ठाउँमा जनसभा गरिरहेको प्रचण्ड नेपाल समूहले काठमाडौंको माइतिघर मण्डलामा हरेक दिन धर्ना दिने गरेको छ । माघ १४ गतेदेखि सुरु भएको धर्ना माघ २१ गते सकिने छ ।

फोटो:लुम्बिनी सञ्चार



प्रतिक्रिया दिनुहोस !