४ आश्विन २०८१, शुक्रबार

ताइवानको स्वतन्त्रता भन्नु युद्ध रोज्नु हुने चीनको चेतावनी

प्रकाशित मिति :  29 January, 2021 1:26 pm


काठमाडौ ।ताइवानको स्वतन्त्रता खोज्नु भनेको युद्ध रोज्नु हुने चीनले चेतावनी दिएको छ ।

ताइवान छेउछाउ सैनिक गतिविधि बढाएर तथा युद्धक विमान उडाएर चीनले यस्तो चेतावनी दिएको छ ।

अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनले पनि ताइवानलाई सहयोग गर्ने र एसियामा आफ्नो अडान उही रहेको जनाए पछि चीनको यो चेतावनी सार्वजनिक भएको छ ।

अमेरिकाले चीनको अभिव्यक्तिलाई दुर्भाग्यपूर्ण भएको जनाएको छ । चीनले ताइवानलाई आफ्नो भागको रूपमा रहेको तर ताइवानले आपूmलाई सार्वभौम सत्ता सम्पन्न देशको रूपमा भन्न खोजेको छ ।

चीनको रक्षामन्त्रालयका प्रवक्ता उ कियानले भने “ हामीले गम्भीररूपमा ताइवानको स्वतन्त्रता खोज्ने शक्तिहरूलाई भनिरहेका छौं जो आगोले खेल्छ उसले आपूmलाई जलाउँछ र ताइवानको स्वतन्त्रताको अर्थ युद्ध हो ।”

साथै चीनले ताइवान क्षेत्रमा हालै प्रदर्शन गरेको सैन्य गतिविधिहरूको बचाउ गर्दै यो राष्ट्रिय सार्वभौमिकता र सुरक्षाको लागि गरिएको जनायो ।



प्रतिक्रिया दिनुहोस !