८ मंसिर २०८१, शनिबार

५६ प्रतिशतले नाफा बढाएको ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोडको आइपीओ जारी गर्दै

प्रकाशित मिति :  29 January, 2021 1:41 pm


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा ५६.५६ प्रतिशतले बढाएको छ । पुस मसान्तसम्ममा इन्स्योरेन्सले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । समिक्षा अवधिमा इन्स्योरेन्सले ६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

ज्योति लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा ९२.५३ प्रतिशतले व्यवसाय बढाएको विवरण सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले चालु आवको पुस मसान्तसम्मा १६ हजार ६८६ बीमालेख जारी गरी एक अर्ब ३९ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको दोस्रो त्रैमासको तुलनामा ९२.५३ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा अवधिमा कम्पनीले ९ हजार ९५५ बीमालेख जारी गरी ७२ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा इन्स्यारेन्सले ३९ करोड ९९ लाख ६० हजार रुपैयाँ बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सले ७ करोड ६२ लाख रुपैयाँ बीमालेख धितोमा कर्जा प्रवाह गरेको थियो ।

इन्स्योरेन्सले चालु आवको ६ महिनामा एक करोड ५१ लाख ७५ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । समिक्षा अवधिमा कम्पनीले १८ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको थियो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १३४.८१ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मुल्य ३३९.९३ रुपैयाँ रहेको छ ।

त्यस्तै इन्स्योरेन्सले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिइसेको छ । इन्स्योरेन्सले ६६ करोड रुपैयाँ बराबरको आईपीओ निकाल्ने तयारी गरेको हो । आइपीओ निष्कासन गरेपछि कम्पनीको चुक्त पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस !