४ आश्विन २०८१, शुक्रबार

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघको बीच सम्झौता

प्रकाशित मिति :  29 January, 2021 4:00 pm


लघु,साना तथा मझौला उद्यमीहरुलाई सहयोग गर्न नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच सम्झौता भएको छ । एक गैर नाफामुलक संस्थाको आवश्यकता पुरा गर्न व्याज अनुदान र लघु तथा मझौला उद्यम कर्जा प्रधान गर्न दुई संस्थाबीच सम्झौता भएको नबिल बैंकले जनाएको छ ।

कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तिय आवश्यकता पूरा गर्न मद्दत पु¥याउनेछ । यसका साथै ती उद्यमीहरुले महिला उद्यमी महासंघबाट वित्तिय सल्लाह र विकास सहयोग पाउने छन् । यस साझेदार अन्तर्गत नबिल बैंकले वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको छ ।

उक्त सम्झौता पत्रमा नविल बैंकका तर्फबाट निरजकुमार बस्नेत र महिला उद्यमी महासंघको तर्फबाट रीता सिम्हाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । साझेदारीको बारेमा बोल्दै भने “नबिल बैंकले महिला सशक्तिकरणलाई अत्यधिक प्रोत्साहित गर्दछ र महिला उद्यमीलाई दिगो उत्पादनमा बृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक सीप विकास गर्न सजिलै वित्तिय पह“ुच प्रदान गर्दै महिलालाई सहयोग पुर्याउने कार्यमा अगाडि बढेको छ । हामीले ँध्भ्ब्ल् को सहकार्यमा विभिन्न प्रकारका बैंकिङ सुविधा तथा ऋणकर्जाहरू प्रदान गर्ने उदेश्य राखेका छौ । FWEAN का सदस्यहरूको आवश्यकता अनुसार उनीहरूको व्यवसाय बढाउनका साथै देशको आर्थिक विकासमा योगदान पुर्याउन नबिल बैंक उत्साहित छ ।”

त्यस्तै FWEAN की अध्यक्ष सुश्री रीता सिम्हाले भनिन्, “महिलाको पूर्ण सहभागिता बिना शान्ति, समृद्धि, प्रगति हुन सक्दैन । महिला उद्यमीलाई वित्तिय पहु“चका माध्यमबाट सहयोग गरेकोमा हामी नबिल बैंक प्रति कृतज्ञ छौं ।”



प्रतिक्रिया दिनुहोस !