८ मंसिर २०८१, शनिबार

कलंकी कृषि तथा तरकारी बजार सञ्चालमा

प्रकाशित मिति :  29 January, 2021 4:46 pm


काठमाडौ । कृषकको प्रत्यक्ष स्टल रहनेगरि कलंकीमा कृषि तथा तरकारी बजार सञ्चालमा आएको छ ।

स्थानीय कृषक र बिदेशीबाट फर्किएका युवालाई समाबेश गरिएको उक्त बजारको उद्घाटन शुक्रबार कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले गरिन् ।

मन्त्री अर्यालले किसानले उत्पादन गरेको वस्तुको बजारको सुनिश्चितता गरिदिन यस्ता बजारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । बजारको समस्याको अन्त्य गर्नका निम्ति जमिनको चक्लाबन्दी गरी ठूलो परिमाणमा उत्पादन बढाउनुपर्ने उनले बताइन ।

‘एकजनाले मात्रै उत्पादन गर्दा बजार खोज्दै हुनुपर्ने अवस्था हुन्छ । हामीले सामुहिकतामा चक्लाबन्दी मोडेलमा ठूल्ठूलो मोडेलमा तरकारी, फलफूल उत्पादन गर्यौं भने यस्ता बजारहरु तपाईहरुको गाउँमा आफै खोज्दै आउछ’, उनले भनिन, ‘तपाईहरुले उत्पादन गर्नुस्, कृषि मन्त्रालयले तपाईहरुको गाउँमा संकलन केन्द्र दिन्छ । त्यो गाउँमा संकलन गर्ने, त्यहाँ यस्तै बजारहरु पुग्छन् र बजारतिर पठाउने छ ।’

कलंकी कृषि बजारमा हाल ११५ वटा स्टल रहेका छन् । तरकारी बजारका सन्चालक बिजय केसीले १ सय १५ स्टल मध्ये ६० प्रतिशत किसानको स्टल रहेको जानकारी दिए । ‘किसानसगै बैदेशिक रोजगारबाट फेर्कका र पर्यटन क्षेत्रमा काम गर्ने व्यक्तिको छ,’ उनले भने, ‘किसानको बारीबाट सिधै उपभोक्तालाई बिक्री गर्ने हुदा अन्य बजारको तुलनामा धेरै सस्तो छ ।’

केसीका अनुसार कलकी बजारमा पालुङ, धादिङ, नुवाकोट, ललितपुरका किसानहरुले स्टल राखेका छन । किसानहरुकै स्टक हुदा तरकारीमा भइरहेक अन्य बजारको तुलनामा १० प्रतिशतले सस्तो भएको दाबी उनको दाबी छ । केसीका अनुुसार १५ दिनसम्मका लागि थप छुटको समेत व्यवस्था गरिएको छ । यस्तै, सर्बसाधरणको सहजताका लागि डिजिटल सेवा मार्फत भुक्तानीको समेत व्यवस्था गरिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !