२२ आश्विन २०८१, मंगलबार

खानेपानी मन्त्री थापाद्धारा प्यूठानमा प्रस्तावित विमानस्थलको अवलोकन

प्रकाशित मिति :  30 January, 2021 9:49 am


प्यूठान । खानेपानी मन्त्री मणी थापाले स्वर्गद्धारी नगरपालिका वडा नं ८ स्थित बजिवांगमा पर्ने प्रस्तावित चाल्नेटार विमानस्थलको अवलोकन गरेका छन् ।

संघीय सरकारको योजनामै परेको प्रस्तावित विमानस्थलको मन्त्री थापाले अवलोकन गरेका हुन् ।विमानस्थलका लागि ६० दशमलव ७९ हेक्टर क्षेत्रफल आवश्यक पर्ने अध्ययनले देखाएको छ ।

विमानस्थल निर्माणका लागि चाल्नेटारका केही घरधुरी प्रत्यक्ष रूपमा विस्थापित हुने देखिएको छ भने ५५ दशमलव १८ हेक्टर राष्ट्रिय वन अन्तर्गतको हरियाली सामुदायिक वनको अधिग्रहण हुने अनुमान छ ।


                            >प्यूठानको स्वर्गद्वारीमा लिफ्टिङ गरेर खानेपानी पुर्‍याउने सरकारको निर्णय


मन्त्री थापासँग स्थानीयले घर र जमिनको उचित मुआब्जाका लागि आग्रह गरेका छन् । प्यूठानका लागि महत्वपूर्ण मानिएको उक्त विमानस्थल विमानस्थलको केही वर्ष अघि स्थलगत अध्ययन गरिएको थियो ।

संघीय सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमा विमानस्थल निर्माणको विषयलाई समावेश गरेको थियो । विमानस्थल निर्माणका लागि लामो समयदेखि चर्चा भए पनि काम भने अझै अघि बढ्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !