प्रधानमन्त्री कप उपाधीका लागि आर्मी र एपीएफ भिड्दै
काठमाडौं ।
चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधी रक्षाा लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब अहिले भिड्दै छन् ।
आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उपाधिका लागि यि दुइै टिम उपाधी रक्षाका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।
दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि एपीएफले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । अहिले आर्मीले ब्याटिङ गरिरहेको छ ।
एपीएफको कप्तानी शरद भेषवाकरले गरेका छन् भने आर्मीको नेतृत्व विनोद भण्डारीले गरेका छन् ।
एपीएफले नेपाल पुलिस क्लबलाई तथा आर्मीले वाग्मती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । समूह ‘ए’ मै रहेका दुवै टोली अन्ततः फाइनल प्रवेश गर्न सफल भएका थिए । एपीएफ समूह विजेता तथा आर्मी उपविजेता बनेको थियो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भएको प्रतियोगिताको विजेताले १० लाख तथा उप विजेताले ५ लाख पुरस्कार पाउने हात पार्ने छन् ।