५ आश्विन २०८१, शनिबार

साझा विद्यार्थी मञ्च जलजला बहुमुखी क्याम्पस रोल्पाले विभिन्न कार्यक्रम गरि सहिद दिवस मनायो

प्रकाशित मिति :  30 January, 2021 11:18 am


रोल्पा। जलजला बहुमुखी क्याम्पसको साझा विद्यार्थी मञ्चले विभिन्न कार्यक्रम गरेर सहिद दिवस मनाएको छ ।

मञ्ले नेपालमा सहिदहरूको सम्मान विषयक क्याम्पस स्तरीय खुल्ला वक्तित्वकला र खुल्ला महिलारपुरुष व्याडमिन्टन प्रतियोगिताको आयोजना गरि दिवस मनाएको हो । वक्तित्वकला प्रतियोगितामा आठ जना, पुरुषतर्फको खुला व्याडमिन्टन प्रतियोगितामा सात समूह र महिलातर्फको ब्याडमिन्टन प्रतियोगितामा पाँच समूहको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, दृतीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीहरूलाई आगामी आउँदो शुक्रबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरिने मञ्चका अध्यक्ष योगेन्द्र अनुपम जिसिले जनाएका छन् ।

मञ्चको आयोजनामा दश वर्ष सशस्त्र द्वन्द्वको समयमा राज्य र विद्राही पक्षबाट मारिएका ९६९ जना र ३३ जना वेपत्ता पारिएका व्यक्तिहरुको स्मृतिमा बनाइएको शान्ति स्मारकमा दीप प्रज्वलन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !