४ आश्विन २०८१, शुक्रबार

ओलीलाई आरोपहरू लगाउँदा म खुशी भने छैन : प्रचण्ड

प्रकाशित मिति :  30 January, 2021 4:46 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई गाली गर्दा आफू खुशी नभएको बताएका छन् ।

कैलालीको धनगढीमा भएको जनसभालाई सम्बोधन गर्दै ओली पतनको बाटोमा हिँडिरहेको र खलनायकको रुपमा प्रस्तुत भएको र यसो भन्दा आफूलाई खुशी नलागेको उल्लेख गरे ।

उनले भने,”आफैले बनाएको प्रधानमन्त्री, आफैले बनाएको अध्यक्ष , जसलाई नायकको रुपमा चित्रित गरिएको थियो अहिले आफ्नै बुद्धीले,आफ्नै कर्मले अहिले इतिहासमा कलंकको टिका लगाउनुभएको छ र पतनको बाटो हिड्नुभएको छ । आफैले आफैलाई खलनायकको रुपमा स्थपित गर्नुभएको । यो भन्नुभन्दा कुनै खुशी छैन ।”

प्रचण्डले प्रतिनिधि सभा विघटनको मुद्धा सर्वोच्च अदालतमा भएका कारण मात्रै संसद बैैठक नबोलाइएको उल्लेख गरे । उनले संसद बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने क्षमता आफूसँग भएको उल्लेख गरे । प्रचण्डले भने,”सर्वोच्च अदालतमा यो मुद्धा हुँदैन थियो भने हामी सदन बोलाउथ्यौं । संसदको बैठक बसेर संसदबाट केपी ओलीलाई कारबाही गथ्र्यौ । हामी कारबाही गथ्र्यौँ,त्यो क्षमता हामीसँग छ ।’

उनले केपी शर्मा ओलीले माधवकुमार नेपालको अपमान गरेको भन्दै आपत्ति जनाए ।



प्रतिक्रिया दिनुहोस !