४ आश्विन २०८१, शुक्रबार

खानेपानी मन्त्री थापाले ‘श्री ५ को सरकार’ भनेर सम्बोधन गरेपछि…

प्रकाशित मिति :  30 January, 2021 9:32 pm


काठमाडौं । पुस ५ गते प्रतिनिधि सभा विघटन भयो ।

विघटनपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका ७ जना मन्त्रीले राजीनामा दिए । नेकपा विभाजित भयो । एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरे भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरे ।

पार्टी विभाजिन भएपछि पुस १० गते नै प्रधानमन्त्री ओलीले नयाँ मन्त्री थपे । नयाँ मन्त्री थपिनेमा थिए मणी थापा । प्यूठान स्थायी घर भएका पूर्व माओवादी नेता थापाले प्रचण्डको साथ छोडेर ओली खेमामा गए र खानेपानी मन्त्रीको जिम्मा पाए । उनी ओली समूहका कर्णाली प्रदेश इन्चार्जपनि हुन् ।

मन्त्री भएलगत्तै थापा गृह जिल्ला प्यूठानमा सकृय भए र  स्वर्गद्धारीमा पानी पुराउने निर्णय र प्रस्तावित विमानस्थलको अवलोकन गरेर सुर्खेत पुगे । आज सुर्खेत पुगेर कार्यक्रममा सम्बोधन गर्दा थापा चिप्लिएका छन् ।

उनले ‘नेपाल सरकार’को ठाउँमा ‘श्री ५ को सरकार’ बनेपछि अहिले सामाजिक सञ्जालमा भइरल समेत बनेका छन् । सम्बोधन गर्दै गर्दा थापाले भने,“सुर्खेतका आदरणीय जनसमुदायहरू म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यस कार्यक्रममा सम्मान गर्न चाहन्छु ।”

@lumbinisanchar

बहालावाला मन्त्रीले मञ्चबाटै श्री ५ को सरकार भनेपछि… #Viralvideo #fyp #ManiThapa #lumbinisanchar

♬ original sound – Lumbini Sanchar

तर छेउमै रहेका सहयोगिले सम्झाएपछि थापाले तुरुन्तै सच्याउँदै भने, “ए ! सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा लालसलाम भन्न चाहन्छु ।” २०६२/६३ सालको जनआन्दोलनको सफलतापछि पुर्नस्थापित प्रतिनिधि सभाबाट श्री ५ को सरकारको सट्टा नेपाल सरकार भन्ने निर्णय पारित भएको थियो ।

तर जनयुद्धमै सहभागि थापाले भने आज सार्वजनिक कार्यक्रममा श्री ५ को सरकार भनेर सम्बोधन गरेपछि हाँसीमजाकको पात्र बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !