५ आश्विन २०८१, शनिबार

ट्र्याक्टर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

प्रकाशित मिति :  31 January, 2021 9:51 am


कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ त ५४२ नंको ट्र्याक्टर र सोही दिशातर्फ गइरहेको बा १ प ४०४ नंको मोटरसाइकल आपसमा गएराति ठोक्किएर दुर्घटना हुँदा कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरका २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले जानकारी दिए ।

दुर्घटनामा घाइते दुवैको घोडाघोडी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो । प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको राससले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !