४ आश्विन २०८१, शुक्रबार

‘श्री ५ को सरकार’ भनेकोप्रति क्षमा मागे मन्त्री थापाले

प्रकाशित मिति :  31 January, 2021 10:13 am


काठमाडौं । खानेपानी मन्त्री मणी थापाले नेपाल सरकारको सट्टा ‘श्री ५ को सरकार’ भनेकोप्रति क्षमा मागेका छन् ।

हिजो सुर्खेतमा कार्यकर्ता बेलालाई सम्बोधन गर्दा भुलवस अन्यथा भएको भन्दै क्षमा मागेका हुन् । उनले भनेका छन्, “शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ ।”

उनले भुलवस भएको कुरालाई कुनै दुविधा नराखिदिन अनुरोध गरेका छन् । उनले भनेका छन्,”आम नेपाली नागरिक, मेरो शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।”

आफ्नो पुरै राजनीतिक जीवन क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा साथ नहुने भन्दै मन्त्री थापाले फेसबुकमा भनेका छन्,”मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।”


             >खानेपानी मन्त्री थापाले ‘श्री ५ को सरकार’ भनेर सम्बोधन गरेपछि…


 



प्रतिक्रिया दिनुहोस !