४ आश्विन २०८१, शुक्रबार

प्रचण्ड र नेपाल माइतीघर धर्नामा सहभागि

प्रकाशित मिति :  31 January, 2021 12:32 pm


फोटो: विष्णु रिजालको ट्विटरबाट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एउटा समूहको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल काठमाडौंको माइतीघर मण्डलामा जारी धर्नामा सहभागि भएका छन् ।

प्रचण्ड र नेपाल आजको धर्नामा सहभागि भएका हुन् । तेस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत प्रचण्ड नेपाल समूहले माइतीघर मण्डलामा माघ १४ गतेदेखि हरेक दिन धर्ना दिँदै आएको छ ।

धर्नामा राष्टिय सभाका सदस्य, विघटित प्रतिनिधि सभाका सदस्य, तत्कालिन संविधान सभाका सदस्य, प्रदेश सभा सदस्य सहभागि हुँदै आएका छन् । धर्ना माघ २१ गतेसम्म चल्ने छ ।

प्रचण्ड-नपाल समूहले माघ १२ गते तेस्रो चरणको आन्दोलन घोषणा गरेको थियो । सडक संघर्ष अन्तर्गत धर्ना कार्यक्रम जारी छ भने विराटनगर,बुटवल, धनगढीमा आमसभा गरिसकेको छ । पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा विभाजि भएको छ ।

एउटा प्रधानमन्त्री ओलीले नेतृत्व गरिरहेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड नेपालले गरिरहेका छन् । ओलीको कदम प्रतिगामी भन्दै प्रचण्ड नेपाल समूहले आन्दोलन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !