४ आश्विन २०८१, शुक्रबार

प्रर्दशनमा सहभागि हुन नेपाली कांग्रेसका भातृ संगठनको संयुक्त अपिल

प्रकाशित मिति :  31 January, 2021 1:32 pm


काठमाडौं । नेपाली कांग्रेसका भातृ संगठनहरुले प्रर्दशनमा सहभागि हुन संयुक्त अपिल गरेका छन् ।

आज संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेसका १३ वटै भातृ संस्थाहरुले भोली ७७ जिल्लामा एक साथ हुने प्रर्दशनमा सहभागि हुन अपिल गरेका हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ,”नेपाल कम्युनिष्ट पार्टीका प्रधानमन्त्री के.पी. शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्धमा हामी निरन्तर आन्दोलनमा छौं । यस क्रममा भोलि माघ १९ गते नेपाली कांग्रेसका १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको छ ।”

संसद विघटन मार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर भोली प्रर्दशन हुने संयुक्त अपिलमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !