४ आश्विन २०८१, शुक्रबार

संवैधानिक परिषद्ले गरेका सिफारिस सभामुख सापकोटाले फिर्ता पठाइदिए

प्रकाशित मिति :  31 January, 2021 4:11 pm


फाईल फोटो

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषद्ले गरेका सिफारिस फिर्ता पठाइदिएका छन् ।

परिषदले गत पुस ५ गते प्रतिनिधि सभा विघटनपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न निकायमा नियुक्त गरेको थियो ।

नियुक्तिपछि सरकारले संसदीय सुनुवाईका लागि संघीय संसद सचिवालयमा पठाएको थियो ।

नेकपा विवाद बढ्दै गएपछि सरकारले संवैधानिक परिषदमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नभए पनि निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो। सोही अध्यादेश अनुसार परिषद बैठकले विभिन्न पदमा सिफारिस गरेको थियो । सभामुख सापकोटाले प्रतिनिधि सभा विघटन भएकाले सिफारिस सुनुवाइ गर्न नसक्ने भन्दै फिर्ता पठाइदिएका छन् ।

मुख्य सचिवलाई पत्राचार गर्दै सभामुख सापकोटाले परिषद्बाट सिफारिस भएका ३८ वटै नियुक्ति फिर्ता गरेका हुन् ।

पत्रमा सभामुख सापकोटाले,“ प्रतिनिधि सभा विघटनको सिफारिस गर्ने निर्णय नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७।०९।०५ गते बिहान बसेको बैठकले गरिसकेकोअवस्थामा संघीयसंसद सुनवाई समितिको कार्यविधि संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति(कार्यसञ्चालन) नियमावली २०७५ को नियम २५ को उपनियम(५) मा उललेखित व्यवस्था बमोजिम स्वतः समाप्त भएको हुँदा तहाँबाट पठाइएको उपरोक्त निर्णय तथा पत्रहरु बमोजिम संसदीय सुनवाईको लागि अगाडि बढाउने अवस्था नभएको” उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !