२७ पुस २०८१, शनिबार

राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का

प्रकाशित मिति :  31 January, 2021 5:59 pm


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ ।

धितोपत्र ऐन अनुसार कामकारबाही नगरेको भन्दै यी दुई कम्पनीहरुको सेयर कारोबार रोकिएको नेप्सेले जनाएको छ । कम्पनीको वार्षिक प्रतिवेदन र वित्तीय विवरण नबुझाएको भन्दै शेयर कारोबार रोक्का गरिएको हो ।

नेपाल स्टक एक्सचेन्जले राष्ट्रिय बीमा कम्पनीलाई वार्षिक प्रतिवेदन र वित्तीय विवरण पत्र पठाई माग गर्दा समेत पेश नगरेको भन्दै धितोपत्रको दोस्रो बजार रोक्का गरिएको जनाएको छ ।

त्यस्तै विशाल बजार कम्पनीले पनि वार्षिक प्रतिवेदन र वित्तीय विवरण पत्र नबुझाएको भन्दै धितोपत्रको दोस्रो बजार रोक्का गरिएको नेप्सेले जनाएको छ । ताकेता गर्दापनि विशाल बजार कम्पनीले विवरण नबुझाएको नेप्सेका कायममुकायम सहायक प्रबन्धक सुवोध ढुंगेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यी दुबै कम्पनीहरु नेपाल सरकारको लगानी रहेका कम्पनीहरु हुन् ।धितोपत्र सूचीकरण नियमावलीको विनियम २०७५ को वियिम (२२) (१) (क) मा भएको व्यवस्था बमोजिम सूचीकृत संगठित संस्थाले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरिक्षण प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र पेश गर्नुपछै भन्ने व्यवस्था रहे पनि त्यसको उल्लघंन भएको नेप्सेको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !