४ आश्विन २०८१, शुक्रबार

म्यानमारकी नेतृ सु की सेनाको नियन्त्रणमा, राष्ट्रपति पनि गिरफ्तार

प्रकाशित मिति :  1 February, 2021 7:49 am


काठमाडौं । म्यानमारमा नेसनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी)की सर्वोच्च नेता आङ सान सु कीलाई सेनाले हिरासतमा लिएको छ ।

सु कीको पार्टीले एक वक्तव्य जारी गरी यसबारेमा जानकारी दिएका छन् । केही सयमदेखि म्यानमारमा सरकार र सेनाबीच तनाव देखिरहेका बेला सेनाले सु कीलाई नियन्त्रणमा लिएको हो ।

गत नोभेम्बर महिनामा भएको चुनावमा सु कीको पार्टी एनएलडी भारी बहुतसहित विजयी भएको थियो । तर चुनावाम सेनाले चुनावमा व्यापक धाँधली भएको दाबी गर्दै आएको थियो ।

आजका लागि निर्धारित संसद् बैठक बस्नुअघि नै सु कीलाई गिरफ्तार गरिएको छ भने संसद बैठक स्थगित गर्न सेनाले आह्वान गरेको बीबीसीले जनाएको छ । एनएलडीका प्रवक्ताले सु कीसहित राष्ट्रपति विन मिन्ट र अन्य नेताहरुलाई पनि सेनाले हिरासतमा लिएको जनाएका बीबीसीले जनाएको छ ।

राजधानी याङ्गूनका सडकमा सेनाको बाक्लो उपस्थिति रहेको र राजधानी याङ्गूनमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !