४ आश्विन २०८१, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई समूहबीच नुवाकोटमा झडप

प्रकाशित मिति :  1 February, 2021 12:39 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई समूहबीच नुवाकोटमा झडप भएको छ।

ओली समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका उपप्रधानमन्त्री इश्वर पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझीलाई प्रचण्ड-नेपाल समूहले कालो झण्डा देखाउन खोजेपछि झडप भएको हो ।

प्रचण्ड माधव समूहका कार्यकर्ताले गाडीमा तोडफोड समेत गरेका छन् । दुई समूहबीच केही विवाद भएको भएपनि अहिले अवस्था सामान्य भइसकेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !