४ आश्विन २०८१, शुक्रबार

एभरेष्ट बैंक र किर्तिपुर नगरपालिका बीच सम्झौता

प्रकाशित मिति :  1 February, 2021 2:05 pm


काठमाडौं ।

एभरेष्ट बैंक र किर्तिपुर नगरपालिका बीच कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ ।

स्थानीय तहमा सुविधा प्रदान गर्नका लागि स्थानीय सरकारसँगको साझेदारीलाई निरन्तरता दिदै सम्झौता गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकको केन्द्रीय कार्यालयमा माघ १६ गते सम्पन्न भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अन्तर्गत एभरेष्ट बैंकले आफ्नो आन्तरिक क्रेडिट निर्देशिका तथा नेपाल राष्ट्र बैंकको निर्देशिकाको प्रावधान अनुसार किर्तिपुर नगरपालिकाका बासिन्दाहरुलाई कृषि कर्जा, सहुलियत कर्जा तथा शैक्षिक कर्जा उपलब्ध गराउनेछ ।

एभरेष्ट बैंकको हाल ७ ओटै प्रदेशमा गरी १ सय शाखा कार्यालय , ३१ राज्वस्व सङ्कलन काउन्टर तथा १ सय ३१ स्थानमा बत: काउन्टर रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !