४ आश्विन २०८१, शुक्रबार

सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ्ग सेवा सुरु

प्रकाशित मिति :  1 February, 2021 2:22 pm


काठमाडौं ।
सनराइज बैंकले रामेछापको मन्थली नगरपालिका ११, सावाडाँडा र उमाकुण्ड गाउँपालिका ७, भुजिमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

थप दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएपछि बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६८ पुगेको बैंकले जानकारी दिएको छ ।

शनिबार आयोजित दुई छुटाछुटै कार्यक्रममा प्रमुख अतिथिमा मन्थली नगरपालिका उप–प्रमुख माया कुमारी कार्की र उमाकुण्ड गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष रुद्रमणी नेवारको उपस्थितीमा शाखारहित बैंकिङ्ग सेवा सुरु भएको हो

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सक्ने छन् । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले ७ लाख भन्दा बढी ग्राहकलाई १३९ वटा शाखा, ६८ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १ सय ६१ वटा ए.टि.एम मार्फत सेवा दिइरहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !