४ आश्विन २०८१, शुक्रबार

‘संसद पुर्नस्थापना भएपनि नभएपनि हामी भासमा परिसक्यौँ’

प्रकाशित मिति :  1 February, 2021 3:10 pm


काठमाडौं । योजनाविद् प्रा.डा.पीताम्बर शर्माले मुलुक फेरि राजनीतिक अस्थिरता तर्फ धकेलिएको बताएका छन् । प्रतिनिधि सभा पुर्नस्थापना भएपपनि नभएपनि मलुक राजनीतिक अस्थिरता तर्फ गएको उनको निष्कर्ष छ ।

लुम्बिनी सञ्चारसँग कुरा गर्दै योजनाविद् शर्माले मुलुकको समृद्धीका लागि राजनीतिक स्थायीत्वले बल पुराउने अनुमान अब सकिएको बताए । उनले भने,”अब राजनीतिक स्थायीत्व गयो । अब पुर्नस्थापना भएपनि गयो, नभएपनि गयो । हामी भासमा परिसक्यौँ ।”

अहिले नागरिक तहबाटै विरोधका आवाज सुनिएपनि निर्णयकर्ता राजनीतिक दल भएको बताए ।

अब दलको आन्तरिक लोकतन्त्र बलियो नहुँदासम्म समस्या यथावत रहने उनको तर्क छ । उनले भने,”राज्य सञ्चालन गर्ने, नीति निर्धारण गर्ने,पार्टी संयन्त्र परिचालन गर्ने,आर्थिक नीतिहरुलाई सही दिशातर्फ लिएर जाने,कार्यक्रमहरु बनाउने र कार्यान्वयन गर्ने काम त सरकारको हो नि । सरकार दल अथवा दलहरुले बनाउँछन् । मुख्य समस्या कहाँ देखियो भने दलीय लोकतन्त्र सबल हुनसकेन ।”

उनले दलभित्रको पुस्तान्तरण र नीतिगत समस्यामा निरन्तरतामा समस्या देखिएको बताए । अब नेपालको आन्तरिक राजनीतिमा बाहिरी तत्वले मज्जासँग खेल्ने मौका पाएको उल्लेख गर्दै  शर्माले भने,”यसले अहिलेको व्यवस्थामा पनि खतरा र बाहिरी हस्तक्षेपको पनि खतरा देखियो ।”

भारतले नेपालमा नियन्त्रित अव्यवस्था खोजेको र त्यसै अनुसार गतिविधि भइरहेको उनको भनाई थियो । उनले भने, “भारतले यस्तो अव्यवस्था जसलाई जसलाई सधै भारतको नियन्त्रणमा राखिरहन सकियोस् । अहिलेको अवस्थाले त भारतलाई गतिलो अवसर भयो ।”

संघीयता समेत राम्ररी कार्यान्वयनमा जान नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नियत नै खराब रहेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !