४ आश्विन २०८१, शुक्रबार

ब्रेक सही गर्न नसकेर हर्नको भल्युम बढाइदिने म्याकेनिक जस्तो भारतीय वित्तमन्त्रीको बजेट

प्रकाशित मिति :  1 February, 2021 3:28 pm


The Union Minister for Finance and Corporate Affairs, Smt. Nirmala Sitharaman holding a press conference on Cabinet Decisions, in New Delhi on November 12, 2020.

काठमाडौ । ब्रेक सही गर्न नसकेर हर्नको भल्युम बढाइ दिएको भन्ने गाडी म्याकेनिक जस्तो भारतको अर्थतन्त्र सही गर्ने जिम्मेवारी पाएकी केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमणले २०२१को बजेट सार्वजनिक गरेको टिप्पणी गरिएको छ ।

प्रतिपक्षी कांग्रेस नेता शशि थरुरले वित्तमन्त्री सीतारमणको बजेटलाई यसरी नै टिप्पणी गरेका छन ।

संक्षेपमा भन्नुपर्दा स्वास्थ्य बजटमा १३७ प्रतिशत बृद्धि गरी २२३८४६ करोड विनियोजन प्रस्ताव गरिएको छ । बिमा कम्पनीमा विदेशी लगानी ४९ प्रतिशतबाट ७४ प्रतिशत सीमा बृद्धि गरिएको छ । भारतीय जीवन बीमा निगमको आईपीओ यो वर्ष आउने भएको छ ।

प्रतिपक्षीको आलोचनाका बाबजुद भारतीय बजेटमा गरिएका केही महत्वपूर्ण प्रस्तावहरुमा इलेक्ट्रोनिक , मोबाइल इन्डस्ट्री देश भित्र द्रुतगतिमा बढेकाले यसमा दिइएको छुट समाप्त गरिने भएको छ भने यसका पार्टपुर्जालाई करका दायराभित्र ल्याउने भएको छ ।

फलाम र इस्पातको मूल्यवृद्धिमा लगाइएको महशुल छुट दिने घोषणा गरिएको छ । कपडा उद्योग बृद्धिका लागि नाइलन चिप, नाइलन फाइबर र रसायनमा छुट सहितको सुधार गरी प्रवद्र्धन गरिने छ ।

सुन चाँदीमा मूल्य बृद्धि भएकाले यसमा लगाइएको भन्सार महशुल घटाउने योजना रहेको छ ।

आगामी अक्टोबरदेखि भन्सार महशुलमा संशोधन गरिने भएको छ । वस्तु तथा सेवा कर कार्यान्वयनमा ल्याएको चार वर्ष भइसकेकाले यसमा सहजीकरण गर्न लागिएको छ । एआई व्यवस्था लागु गरेबाट चोरी गर्नेलाई पक्राउ गर्न सकिने गरी यसमा सहजता तथा सुधार गरिने जनाइएको छ ।

बजेट सार्वजनिक भएयता भारतको शेयर बजारमा बृद्धि भएको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !