४ आश्विन २०८१, शुक्रबार

म्यानमारमा भएको सैनिक ‘कू’ का विषयमा नेपाल सरकारको धारणा सार्वजनिक

प्रकाशित मिति :  1 February, 2021 9:10 pm


काठमाडौं । म्यानमारमा सोमबार भएको सैनिक ‘कू’ लाई लिएर नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार बेलुकी विज्ञप्ति जारी गर्दै नेपालले म्यानमारमा विकासित भएको पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरिरहेको जनाएको छ ।

नेपाल सरकारले म्यानमारमा भएको सैनिक कू बारे आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले आज बेलुकी विज्ञप्ति जारी गदै म्यानमारका जनताको इच्छा र भावना अनुसार सम्पूर्ण पार्टीहरु संलग्‍न रहेको प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिटो पुनःस्थापित हुने विश्वास व्यक्त गरेको छ ।


> म्यानमारमा संसद बैठक बस्नु अघि नै सैन्य कू,एक वर्ष संकटकालको घोषणा


विज्ञप्तिमा नेपाल सरकारले म्यानमारमा भएको पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरिरहेको भन्दै उल्लेख गर्दै भनिएको छ,”राष्ट्रपति यु विन मिन्ट र स्टेट काउन्सिलर आङ सान सुकी लगायत नियन्त्रणमा लिएका नेताहरूको विषयमा हाम्रो गम्भीर चासो रहेको छ र उनीहरूको रिहाइको लागि आह्वान गर्दछौं।”

म्यानमारमा आज त्यहाँको सेनाले शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ । सेनाले नेतृ आङ साङ सु की र राष्ट्रपतिसहित सत्तारुढ दलका नेतालाई गिरफतार गर्दै एक वर्षका लागि संकटकालको घोषणा गरेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !