५ आश्विन २०८१, शनिबार

७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान आयोग गठन,लुम्बिनीमा को को भए अध्यक्ष र सदस्य ?(सूचीसहित)

प्रकाशित मिति :  1 February, 2021 9:50 pm


काठमाडौं । सरकारले भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन ७७ वटै जिल्लामा समिति गठन गरेको छ ।

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो ।

आयोगका पदाधिकारीको नियुक्तिको सूचना आजै राजपत्रमा प्रकाशित गरिएको छ ।

जिल्ला समितिमा १ अध्यक्ष र दुई सदस्य रहेका छन् । केन्द्रमा भने भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्ष देवी ज्ञवाली रहेका छन् । आयोगका अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको र सदस्यले द्वितीय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउने छन् । आज मात्रै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भूमिहिनलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै वास्तविक भूमिहिनको लागत संकलन गर्ने कार्य सम्पन्न गर्दै मापदण्डभित्र परेकालाई जग्गाधनी पूर्जा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

२०७७ साल फागुनसम्ममा ७ सय ५३ स्थानीय तहसँग समझदारी गरी एक सय स्थानीय तहको लगत संकलन कार्य सम्पन्न गरी कम्तिमा ५ लाख परिवारको विवरण संकलन गरिनेछ । यस्तै २०७८ साल असारसम्ममा १ सय स्थानीय तहको नापजाँच कार्य सम्पन्न गरी कम्तिमा ५० हजारलाई जग्गाधनी पूर्जा वितरण गर्ने योजना    छ ।



प्रतिक्रिया दिनुहोस !