४ आश्विन २०८१, शुक्रबार

खानेपानी मन्त्री थापाले विप्लव नेतृत्व नेकपाका नेता सुर्दशनलाई नक्खु पुगेर भेटे

प्रकाशित मिति :  2 February, 2021 11:24 am


फोटोः मन्त्री थापाको सचिवालय

काठमाडौं । खानेपानी मन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटे गरेका छन् ।

वार्ताको प्रसंग चलिहेका बेला थापाले नक्खु कारागार पुगेर आज विहान नेता थापाले सुर्दशनलाई भेटेका हुन् ।

मन्त्री थापाको स्वकीय सचिव राजेन्द्र गौतमले कारागारको अनुगमनका क्रममा भेट भएको बताए । उनले लुम्बिनी सञ्चारसँग भने, “मन्त्री ज्यू खानेपानी र ढल व्यवस्थापन लगायतको विषयमा अनुगमन गर्नु जानुभएको थियो । सोही शिलशिलामा भेट भएको हो ।

उनले भेटका क्रममा समान्य कुराकानी मात्रै भएको बताए । मन्त्री थापाले बसाई तथा सुविधाको विषयमा सोधेका थिए । गौतमले भने, “मन्त्री ज्यूले सुविधा र बसाइँको अवस्थाबारे सोध्नुभयो । अध्ययनबारे पनि कुरा भएको थियो ।”

जवाफमा नेता सुदर्शनले बसाइँमा समस्या नभएको बताएका थिए । पछिल्लो समय ओलीले विप्लव नेतृत्वको नेकपासँग वार्ताका लागि पहल गरिरहेको खबरहरु सार्वजनिक भइरेका बेला थापाले सुर्दशनसँग भेट गरेका हुन् ।

मन्त्री थापा पनि पूर्वमाओवादी नेता नै हुन् । नेकपा विभाजनपछि अहिले ओली समूहमा लागेका छन् । मन्त्री थापालाई भेट गर्न पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीले  केही राजनीतिक संकेत दिन खोजिएको आँकलन गरिएको छ ।

कारागारभित्र फोटो खिच्न पाईदैन त मन्त्री थापाका स्वकीय सचिव गौतमले फोटो खिचेर पोष्ट गरेका छन् । गौतमले भने,” फोटो खिच्न पाइदैन तर केही राजनीतिक संकेत जाहोस् भनेर सुरक्षाकर्मीसँग आग्रह गरेर फोटो खिचेको हो ।”

सरकारले २०७४ फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि सुदर्शन २०७५ चैत ९ मा काभ्रेबाट पक्राउ परेका थिए । उनी अहिले नख्खु जेलमा छन् ।



प्रतिक्रिया दिनुहोस !