४ आश्विन २०८१, शुक्रबार

चन्द्रागिरी हिल्सको सेयर आगामी सातादेखि दोस्रो बजारमा कारोबार हुँदै

प्रकाशित मिति :  2 February, 2021 1:21 pm


काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको सेयर आगामी सातादेखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।

आज नेपाल स्टक एक्सचेन्जमा चन्द्रागिरी हिल्सले सेयर सूचीकरणका लागि प्रक्रिया अघि बढाएको र शुक्रबार सम्ममा सुचिकरण हुने नेप्सेले जनाएको छ ।

चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरि माघ ९ गते सेयर बाँडफाँड गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !