४ आश्विन २०८१, शुक्रबार

बाइडनले फेरि म्यानमार विरुद्ध आर्थिक नाकाबन्दी लगाउने

प्रकाशित मिति :  2 February, 2021 12:56 pm


काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमार विरुद्ध फेरि आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएका छन् ।

सोमबार आंग सान सुकीलगायत अन्य निर्वाचित पदाधिकारीलाई हिरासतमा लिएर सेनाले सत्ता कब्जा गरेपछि बाइडनले चेतावनी दिएका हुन् ।
संयुक्त राष्टसंघ, बेलायत र युरोपियन युनियनले म्यानमामारमा सेनाले सत्ता कब्जाको घटनालाई भत्र्सना गरेका छन् ।

सन् १९८९ र २०१० बीच १५ वर्ष हिरासतको जीवन बिताइसकेका सुकीले सैनिक सत्ता कब्जा विरुद्ध प्रदर्शन गर्न समर्थकहरुलाई आग्रह गरेकी छिन् ।

नोभेम्बर निर्वाचन परिणामलाई सेनाले धाँधली भएको भनी अस्वीकार गरेको छ । सेनाले एक वर्ष लामो संकटकाल लगाएर ११ मन्त्री र उपमन्त्रीलाई विस्थापित पनि गरिसकेको छ ।

बाइडनले जारी गरेको विज्ञप्तिमा सेनाले जनताको चाहनालाई समाप्त पार्न नहुने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !