४ आश्विन २०८१, शुक्रबार

नेकपाको आधिकारिकता दाबी गर्दै प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई पत्र बुझायो

प्रकाशित मिति :  2 February, 2021 1:07 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता दाबी गर्दै प्रचण्ड– नेपाल समूहले निर्वाचन आयोगलाई पत्र बुझाएको छ ।

अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरु आयोगको केन्द्रीय कार्यालय पुगेर आधिकारिकताको दाबीसहित पत्र बुझाएर फर्केका हुन् ।

यसअघि आयोगले दल विभाजनको मान्यता नदिएपछि प्रचण्ड नेपाल समूहको हिजो बसेको केन्द्रीय कमिटी बैठकले दलको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो ।

पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा विभाजित भएको थियो । विभाजित नेकपाको एउटा समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरिरहेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड नेपालले गरेका छन् ।

वरिष्ठ नेता झलनाथ खनालले भने, “दाबी प्रस्ताव गर्न दल ऐनको धारामा टेकेका छौं । वरिष्ठ नेता झलनाथ खनालले दल ऐनको धारामा टेकेर दल दाबी पेश गरेको बताए ।”



प्रतिक्रिया दिनुहोस !