५ आश्विन २०८१, शनिबार

सामाजिक अभियन्ता भनिएका शाही फेरि विवादमा

प्रकाशित मिति :  2 February, 2021 1:34 pm


बाँके । आफूलाई सामाजिक अभियन्ता भन्दै आएका ज्ञानेन्द्र शाही फेरि विवादमा आएका छन् ।

भेरी अस्पतालमा शाहीको समूहले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी अभद्र व्यवहार गरेको भन्दै अस्पतालले विज्ञप्ति जारी गरेको छ ।

शाहीको नेतृत्वमा एउटा समूहले हिजो भेरी अस्पतालका प्रमुख डा. प्रकाश बहादुर थापाको कार्यकक्षमा छलफल गरेको थियो । छलफल गरिरहेका बेला डियुटीमा रहेका डा.विपिन आचार्य,अन.न.मी दवा जिसी,कम्मु पौडेल र स्टाफ नर्स पार्वता आचार्यलाई गालीगलौजसहित लछारपछार गरेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,“भेरी अस्पतालको विषयमा अस्पताल प्रमुख डा.प्रकाश बहादुर थापाको कार्यकक्षमा दोहोरो सम्बाद गरिरहेको समयमा सोही समूहका शिव सुवेदीसहित ८-१० जनाको समूहले अस्पतालजस्तो संवेदनशिल क्षेत्रमा हुल हुज्जतसहित प्रवेश गरि आफ्नो डियुटीमा रह कार्य गरिरहनुभएका डा. विपिन आचार्य,अ.न.मी. देवा जि.सी. अ.न.मी. कम्मु पौडेल र स्टाफ नर्स पार्वता आचार्य माथी सेवाग्राहीको ठेगाना सोधेको विषयलाई लिएर विवाद सृजना गरि गालि गलौज सहित लछार पछार गर्दै गरेको घटनाको घोर भत्र्सना गर्दै यस घटनामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न सम्पूर्णको समयमै पहिचान चाँडो हदैसम्मको कारबाही गरियोस भनि सम्बन्धित निकायसँग जोडदार माग गर्दर्छौ ।”



प्रतिक्रिया दिनुहोस !