४ आश्विन २०८१, शुक्रबार

जनउत्थान सामुदायिक लघुवित्तले सेयरधनीलाई ४९ प्रतिशत बोनस सेयर दिने

प्रकाशित मिति :  2 February, 2021 1:58 pm


काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बम्पर लाभाशं घोषणा गरेको छ ।
कम्पनीको हिजो माघ १९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५२ प्रतिशत लाभाशं दिने घोषणा गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको चुक्ता पुँजी ७ करोड ९२ लाख रुपैयाँको कुल ५२ प्रतिशत लाभाशंमा ३ करोड ९१ लाख २४ हजार ८ सय रुपैयाँ बराबरको ४९.४० प्रतिशत बोनस सेयर र २० लाख ५९ हजार २ सय रुपैयाँ बराबरको नगद लाभाशं (कर प्रयोजनका लागि) रहेको छ ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई वितरण हुनेछ ।



प्रतिक्रिया दिनुहोस !