४ आश्विन २०८१, शुक्रबार

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ४ लाख कित्ता सेयर लिलामीमा

प्रकाशित मिति :  2 February, 2021 2:25 pm


काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ४ लाख कित्ता संस्थापक सेयर लिलामीमा रहेको राखेको छ । बैंकले ३ कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर तोकिएको समयमा बिक्री नभएपछि फेरी पुनः आजबाट लिलामीमा राखेको हो ।

लिलामीमा राखिएको सेयरहरुमा इच्छुक प्रचलित कानुनबमोजिम योग्य जोसुकै लगानीकर्ताहरुले बोलपत्र पेस गर्न सक्ने धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ । लगानीकर्ताहरुले यी सबै कम्पनीका सेयरमा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

जसमा बैंकले नागरिक लगानी कोषको १ लाख ८२ हजार ५६०, नेसनल लाइफ इन्सुरेन्सको ९२ हजार २६६ कित्ता र सूर्या लाइफ इन्सुरेन्सको १ लाख ७३ हजार ८४४ कित्ता सेयर रहेको छ । यसमा माघ २६ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १६ सय २३, सूर्या लाइफ इन्सुरेन्सको सेयरमा न्यूनतम ३७९, एसियनको सेयरमा न्यूनतम ४३३ रुपैयाँ र नेसनल लाइफ इन्सुरेन्समा न्यूनतम ५३० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

तीन वटै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस !