४ आश्विन २०८१, शुक्रबार

‘प्रधानमन्त्री भएको मान्छे संसदमा जाँदैन भने कहाँ जाने हो ?’

प्रकाशित मिति :  2 February, 2021 4:46 pm


काठमाडौ । सर्वोच्चमा भएको सवाल जवाफको समाचार सार्वजनिक भएपछि जनताले प्रधानमन्त्री भएको मान्छे संसदमा जाँदैन भने कहाँ जाने हो भनी प्रश्न उठाउन थालेका छन् ।

संसद विघटन विरुद्धको मुद्दाको सुनुवाई बहसमा प्रधानमन्त्रीका तर्फबाट बहस गर्ने महान्यायाधिवक्ताले अग्नि खरेलले न्यायाधीशको प्रश्नको जवाफमा यस्तो जवाफ फर्काएकोमा जनताले यस्तो टिप्पणी गर्न थालेका हुन् ।

न्यायाधीशले प्रधानमन्त्रीलाई संसदमा गएर टेष्ट गर्नुपर्दैन भनी गरेको प्रश्नको जवाफमा खरेलले प्रधानमन्त्रीले त्यहाँ नजाने निर्णय गर्नुभयो भने ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको प्रतिरक्षामा बहस गरिरहेका महान्यायाधिवक्ता खरेललाई न्यायाधीशहरुले पटक पटक सरकार बन्न सक्दैन भन्ने प्रधानमन्त्रीले भन्ने हो कि संसदमा टेष्ट गर्ने भनी सोधेका छन् ।

मंगलबार बहसलाई निरन्तरता दिन आएका खरेललाई न्यायाधीश अनिलकुमार सिन्हाले फेरि सरकार बन्न सक्ने अवस्था छैन भन्ने कुराको प्रमाणिकरण प्रधानमन्त्रीज्यूले गर्ने हो कि संसद अधिवेशन बोलाएर संसदभित्रबाट समाधान खोज्ने भनी प्रश्न सोधे ।

जवाफमा खरेलले २०५२ भदौ १२ को फैसला मात्र भन्न खोजेका बेला न्यायाधीश सिन्हाले उनलाई रोकी हरेक कुराको जवाफ २०५२ सालमा फर्किएर प्राप्त अनुभवहरुको संगालोको रुपमा नयाँ संविधान बनेको अवस्थामा अब अहिले संसदमा त्यही २०५२ साल भइरहेको हो भन्नु कति कन्भिन्सिङ हो भनी प्रश्न सोधे ।

जवाफमा महान्यायाधिवक्ता खरेलले धेरै प्रयत्न गर्दा पनि संसदभित्रबाट आउनुपर्ने कुराहरु नआएको, सरकारबाट आउनुपर्ने कुराहरु आउन नसकेका महसुस प्रधानमन्त्रीले गरेको भनेका थिए ।

यसअघि टेष्ट गर्न संसदमा किन नगएको भनी न्यायाधीशको प्रश्नबारे महान्यायाधिवक्ता खरेलले श्रीमानले भनेको त्यो ठाउँ (संसद) मा नजाने प्रधानमन्त्रीले निर्णय गर्नुभयो भने ।



प्रतिक्रिया दिनुहोस !