५ आश्विन २०८१, शनिबार

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा श्रमिकको हडताल

प्रकाशित मिति :  2 February, 2021 4:41 pm


काठमाडौं । राष्ट्रिय गौरवको भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनामा श्रमिकहरुले पारिश्रमिक नपाएको भन्दै हड्ताल शुरु गरेका छन् ।

आयोजना परामर्शदाता महाव घोड्स इन एशोसियशन वीथ (ईकोकोड) नेपाल मार्फत काम गर्ने श्रमिकले एक वर्षदेखिको पारिश्रमिक नदिएको बताएका छन् ।
गत असार २२ गते रोजगारदाता र श्रमिकवीच एक वर्षको बाँकी पारिश्रमिक एक महिना भित्र दिने मौखिक सहमति भएको थियो ।

सहमति भएपनि भुक्तानी नदिएपछि आन्दोलित हुनु परेको श्रमिक प्रविण यादवले बताए । उनले रोजगारदातासँग बक्यौता पारिश्रमिक दिन ६ पटकसम्म लिखित अनुरोध गर्दा समेत सुनुवाई नभएपछि आन्दोलित भएको बताए ।

बक्यौता रकम भुक्तान गर्ने सम्झौंता गरेको पाँच महिना वितिसक्दा समेत रोजगारदाताले श्रमिकका समस्याप्रति वेवास्ता गर्दै खेलावाड गरिरहेको उनको भनाई छ । उनले भने,”कानूनी राज्यमा श्रमिकले आफ्नो श्रम नपाएपछि बाध्य भएर आयोजना कार्यालयको अगाडि सोमबारदेखि चरणबद्ध हड्ताल शुरु गरेका छौं ।”

उनले एकमुष्ट बक्यौता पारिश्रमिक भुक्तान नभएसम्म शान्तिपूर्ण अनिश्चितकालिन हडताल जारी रहने बताए । रोजगारदाताको आश्वासनले मात्र काम नचल्ने भएकाले बक्यौता पारिश्रमिक नदिएसम्म काममा नफर्किने उनीहरुको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !