५ आश्विन २०८१, शनिबार

मालपोत कार्यालय हरिवनका नायब सुब्बा बराल र लेखापढी व्यवसायी कोइरी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

प्रकाशित मिति :  2 February, 2021 5:04 pm


काठमाडौं । सर्लाहीको मालपोत कार्यालय हरिवनका नायब सुब्बा बेदनिधी बराल र लेखापढी व्यवसायी राम सुन्दर महतो कोइरी विरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ । अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।

नासु बराल र हरिवन नगरपालिका वडा नं. २ सर्लाहीका लेखापढी व्यवसायी कोइरीले जग्गाधनी दर्ता प्रमाण पत्रमा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त ११ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका थिए ।

दुबैजना विरुद्ध ११,००० हजार रुपैयाँ विगो कायम गरि मुद्धा दर्ता गरिएको प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस !