४ आश्विन २०८१, शुक्रबार

नेकपा ओली समूहले माघ २३ को प्रर्दशनका लागि तोक्यो जुलुस निस्कने क्षेत्र

प्रकाशित मिति :  2 February, 2021 5:43 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले काठमाडौंमा गर्न लागेको प्रर्दशनका लागि जुलुस निस्कने क्षेत्र तोकेको छ ।

ओली समूहको बागमती प्रदेश संगठन कमिटीले प्रमुख र्यालीको रुट र जिम्मेवार क्षेत्र निर्धारण गरिएको हो ।

तोकिएको रुट अनुसार बागबजारबाट सम्पूर्ण सम्पर्क मञ्चहरुका सहभागी, प्रर्दशनी मार्गबाट युवा,विद्यार्थी,खेलकुद महासंघ र प्रेस संगठन लगायत, पेशागत संगठनहरुको जुलुस निस्कने छ ।

महेन्द्र शालिकबाट पूर्व जनजाति महासंघका घटक संगठन, घण्टाघरमा मुस्लिम समुदायका सहभागी, नेपाल एअरलाइन्स अगाडिबाट ललितपुर जिल्लाका सहभागिताहरुको जुलुस निस्कनेछ ।

त्रिपुरेश्वरबाट चितवन,धादिङ र सोही बाटो भएर आउने सबै सहभागी,गौशलाबाट भक्तपुर, माइतिघरबाट दोलखा,रामेछाप,काभ्रे,सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट आउनेहरुको जुलुस निस्कने छ । पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट,रसुवाका सहभागि, सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर,भिमफेदिको बाटोबाट आउनेका लागि तोकिएको छ ।

टेकुबाट निर्वाचन क्षेत्र नम्बर ९ र १०, वसन्तपुरबाट निर्वाचन क्षेत्र नम्बर ८, सोहखुट्टेबाट निर्वाचन क्षेत्र नम्बर ६ र ७,ज्ञानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर ३,४ र ५ तथा पुरानो बानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर १,२ का जुलिस निस्कने गरि ठाउँ तोकिएको छ ।

नेकपा ओली समूहले माघ २३ गते काठमाडौंमा शक्ति प्रर्दशन गर्दै छ । माघ ९ गते नेकपाको प्रचण्ड नेपाल समूहको प्रर्दशनको काउन्टरमा ओली समूहले प्रर्दशन गर्न लागेको हो । ओली समूहले २३ गते प्रर्दशन गरेपछि प्रचण्ड नेपाल समूहले तेस्रो चरणको आन्दोलन अन्तर्गत फेरि माघ २८ गते काठमाडौंमै प्रर्दशन गर्दैछ ।



प्रतिक्रिया दिनुहोस !