४ आश्विन २०८१, शुक्रबार

विवाद बीच संवैधानिक निकायका पदाधिकारी नियुक्त,विहानै सपथ ग्रहण

प्रकाशित मिति :  3 February, 2021 12:09 pm


काठमाडौं । विवाद बीच संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त भएका छन् ।

संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्टिय मानव अधिकार आयोग लगायतका संवैधानिक निकायमा आयुक्त सदस्य नियुक्त गरेकी हुन् । उनीहरुले आज सपथ ग्रहण गरेका छन् ।

संवैधानिक परिषद् बैठकमा सभामुख अग्नि सापकोटा नगएपछि सरकारले मंसिर दिउँसो अध्यक्षसहित बहुमत सदस्य उपस्थित भए संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको जारी गरेको थियो । सोही अनुसार परिषद्ले संवैधानिक निकायमा नियुक्तिको सिफारिस गरेको थियो ।

संसदीय सुनुवाईका लागि संसद सचिवालयमा पुगेको सिफारिस सभामुख सापकोटले माघ १८ गते परिषद्मै फिर्ता पठाइदिएका थिए ।

तर सिफारिसको ४५ दिनसम्म निर्णय दिन नसकेको अवस्थामा स्वतः अनुमोदन भएको मानिने संसदको संयुक्त बैठक र संयुक्त समितिको नियमावलीलाई टेकेर संवैधानिक निकायका पदाधिकारी तथा सदस्यहरुलाई नियुक्ति दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !