४ आश्विन २०८१, शुक्रबार

महालक्ष्मी विकास बैंकले ९.२६ प्रतिशत बोनस सेयर दिने

प्रकाशित मिति :  3 February, 2021 1:16 pm


काठमाडौं ।

महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभाशं घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ९.२६ प्रतिशत बोनस सेयर (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको हाल कायम चुक्तापुँजी ३ अर्ब ७ करोड २० लाख ६१ हजार ३२८ रुपैयाँको ९.२६ प्रशितले हुन आउने २८ करोड ४५ लाख ६९ हजार ८९१ रुपैयाँबराबरको बोनस सेयर रहेको छ । लाभांशमा लाग्ने करसमेत वितरण गर्ने बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस !