५ आश्विन २०८१, शनिबार

प्रचण्ड-नेपाल समूहद्वारा देशव्यापी आमहड्तालको घोषणा

प्रकाशित मिति :  3 February, 2021 1:23 pm


काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड– नेपाल समूहले बिहीवार देशव्यापी आमहड्ताल गर्ने भएको छ।

प्रतिनिधि सभा विघटन तथा संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड– नेपाल समूहले देशव्यापी आमहड्ताल गर्ने भएको छ ।

पूर्वनिर्धारित आन्दोलनक कार्यक्रम परिमार्जन गरेको प्रचण्ड– नेपाल समूहले बिहीवार देशव्यापी आमहड्ताल र थप संधर्षका कार्यक्रम घोषणा गर्ने प्रचण्ड–नेपाल समूहका एक नेताले बताए ।

केपी ओली समूहले माघ २३ गते काठमाडौंमा जनसभा आयोजना गरेको अघिल्लो दिन प्रचण्ड–नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो।

आमहड्तालमा शैक्षिक संस्था, उद्योग, सरकारी कार्यालय, सार्वजनिक यातायात सबै बन्द रहने हुदा नेपाल बन्दजस्तै प्रभाव पर्ने छ ।

देशव्यापी रुपमा राजनीतिक हड्ताल घोषणा गर्न अहिले २ बजे पार्टी कार्यालय पेरिस डाँडामा आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।



प्रतिक्रिया दिनुहोस !