४ आश्विन २०८१, शुक्रबार

टकरावमा नेकपाका दुई समूह : ओली समूहको जनसभाको अघिल्लो दिन प्रचण्ड-नेपालको आम हडताल

प्रकाशित मिति :  3 February, 2021 2:36 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड-नेपाल समूहले आम हडताको घोषणा गरेको छ ।

तेस्रो चरणको आन्दोलन गरिरहेको प्रचण्ड नेपाल समूहले ओली समूहको जनसभाको अघिल्लो दिन आन्दोलन घोषणा गरेको हो । प्रतिनिधि सभा विघटन तथा संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड– नेपाल समूहले आकस्मिक रुपमा आम हडताको घोषणा गरेको हो ।

तेस्रो चरणको आन्दोलनमा उक्त समूहले आम हडतालका कार्यक्रम राखेको थिएन । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले भोली आम हडतालको घोषणा गरिएको जानकारी दिए ।

केन्द्रीय संघर्ष समितिको सचिवालयको आकस्मिक बैठकले नयाँ संघर्षका कार्यक्रम घोषणा गरेको हो । संयोजक  श्रेष्ठले भोली आम हडतालको घोषणा गरिएको बताए ।

उनले भने,”हाम्रो आम हडताल शान्तिपूर्ण हुने छ ।”

संवैधानिक परिषदले सिफारिस गरेका संवैधानिक निकायका प्रमुख तथा सदस्यहरुको नियुक्ति भए लगत्तै ओली प्रचण्ड-नेपाल समूह आक्रमक देखिएको हो ।



प्रतिक्रिया दिनुहोस !