४ आश्विन २०८१, शुक्रबार

नेतृ रामकुमारी झाँक्रीलाई कारबाहीको माग गर्दै गृह मन्त्रीलाई ज्ञापनपत्र

प्रकाशित मिति :  3 February, 2021 3:06 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको नेकपा अखिल नेपाल महिला संघ(अनेमसंघ)ले नेतृ रामकुमारी झाँक्रीलाई कारबाही गर्न माग गरेको   छ ।

आज गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापन पत्र बुझाउँदै संघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा प्रचण्ड नेपाल समूहकी नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाही गर्न माग गरिएको हो ।

ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ।

अनेम संघकी नेतृ सुजिता शाक्यले झांक्रीले राष्ट्रपति संस्थामाथि नै अपमानजनक व्यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिएको बताइन् ।



प्रतिक्रिया दिनुहोस !